पोखरा सम्पन्न ड्रागन बोट रेसमा चिनियाँ टोली सिचुवान च्याम्पियन

पाेखरा | असार ९, २०८०

पोखरा सम्पन्न ड्रागन बोट रेसमा चिनियाँ टोली सिचुवान च्याम्पियन PHOTO: PREM (THAPA)7

पोखरामा:  चीनको सिचुवान ड्रागन बोट टिमले फेवातालमा सम्पन्न पहिलो नेपाल– चीनमैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिताको उपाधि जितेको छ । 


शनिबार फेवातालमा भएको २ सय र ५ सय मिटर दुवैतर्फको फाइनल खेलमा सिचुवान टिमले उपाधि जितेको हो । 


प्रतियोगितामा विजेता भएको सिचुवान ड्रागन बोट टिमले २ सय र ५ सय मिटर दुवै विधामा उत्कृष्ट बन्दै ५ लाख ५० हजार रुपैयाँका दरले ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । त्यस्तै, प्रतियोगितामा उपविजेता भएको नेपाली टिम ‘नारा ड्रागन बोट टिम’ले २ र ५ सय मिटर दुवै विधामा उपविजेतासँगै ३ लाख ५० हजार रुपैयाँका दरले ७ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।


मैत्रीपूर्ण प्रतिस्पर्धामा चीनकै युनान ड्रागन बोट टिम तेस्रो भएको छ । दुवै विधामा तेस्रो युनानले प्रति विधा २ लाखका दरले ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको हो ।

 


प्रतियोगितामा नेपाली टिम एनआरसीए उत्कृष्ट ४ मा पर्न सफल भएको थियो ।


प्रतियोगितामा नेपाल र चीनका ४/४ गरी ८ टिम सहभागी थिए । शुक्रबार भएको समूह चरणको खेलबाट नेपालका २ र चीनका २ टिम अन्तिम ४ मा प्रवेश गरेका थिए ।


प्रतियोगितामा भाग लिएका ८ वटै टिमले जनही नगद १, १ लाख रुपैयाँदरले पुरस्कार प्राप्त गरेका छन् । 
 

पोखरा:   एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...

थप पढ्नुहोस्

पोखरा:   गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

थप पढ्नुहोस्